काठमाडौ, कात्तिक १८( एजेन्सी)- स्पेनीस ला लिगा फुटबलमा रियल भालाडोलिडले मालोर्कालाई ३-० गोल अन्तरले पराजित गरेको छ। जितसँगै भालाडोलिड १७ अंक सहित तालिकाको १० स्थानमा पुगेको छ।

भालाडोलिडको जितमा जोक्विन फर्नाडिज, एन्स युनल र कैस्टिलोले एक एक गोलको गरे। यस्तै गरि आइतबार राति नै भएको खेलमा भिल्ला रियल र एथ्लेटिक क्लब गोलरहित बराबरिमा रोकियो।

भिल्ला रियल१८ अंक सहित सातौ स्थानमा छ भने एथलेटिक १७ अंकका साथ आठौं स्थानमा छ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!