काठमाडौ, कात्तिक १७(नेपाल नीति)- आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा १(ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सातै प्रदेशमा प्रमुखहरु नियुक्त गरेका थिए।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!