यूएई, असोज १४(नेपाल नीति)- यूएईको दुबईमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ जना नेपालीको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा दानबहादुर सत्याल (सर्लाही), रमेश चौधरी ( धनकुटा), कृष्णबहादुर पुन ( पाल्पा), दीपक विक( धरान), नारायणप्रसाद पोख्रेल ( नवलपरासी), नयराम साउद( कैलाली ) रहेका छन् ।यश घटना सार्वजनिक भएपछि आबुधाबीमा रहेको नेपाली दूतावासले दु:ख व्यक्त गर्दै आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।ज्यान गुमाएका सबैको परिवारसँग कम्पनी र दूतावास ले समन्वय गर्ने र आवश्यक सबै प्रक्रियामा दूतावासले सरलीकरण गर्ने दूतावासले जनाएको छ।फर्स्ट सेक्युरिटी कम्पनीमा काम गर्ने सुरक्षा सेक्युरिटी कामदार बोकेर गएको मिनिबस दुर्घटना हुँदा ६ नेपाली नागरिक सहित ८ जनाको ज्यान गएको हो।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!