काठमाडौ, असोज १४(नेपाल नीति)- श्रीलंका विरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले जित दर्ता गरेको छ। श्रीलंकालाई पाकिस्तानले ६७ रनले स्तब्ध बनायो।

जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो खेल भारी वर्षका कारण स्थगित भएको थियो ।

पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६.५ ओभरमा २३८ रनमा अलआउट भयो । २८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गरे । उनीहरुले १७७ रनको पार्टनरसिप गरेका थिए । ब्यक्तिगततर्फ जयसुरियाले ९६ रन बनाए भने शनाकाले ६८ रन जोडे।श्रीलंकालाई हराउनका लागि पाकिस्तानका उश्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए ।

कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै ३०५ रन बनायो । उसका लागि बाबर अजामले सतकीय पारी खेले । उनले १०५ बलमा ११५ रनको योगदान दिए । यस्तै फखर जमानले ५४ रन जोडे भने हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाए ।

दुई टिमबीचको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीनवटा टि–२० सिरिज खेल हुनेछ ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!