काठमाडौ, असोज १३(नेपाल नीति)- भारतले प्याज निकासीमा रोक लगाए सँगै यसको असर नेपाली बजारमा परेको छ। प्याजको भाउ सोमबार किलोमा ३० रुपैयाले वृद्धि भएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुसार सोमबार प्याजको मुल्य किलोको १ सय ३५ रुपैयाँ तोकिएको छ। आइतबार प्याजको मुल्य किलोको १ सय ५ रुपैयाँ तोकिएको थियो।

कालिमाटीमा दैनिक १२ देखि १३ ट्रक प्याज ल्याइने गरिएको छ। केही समय यता तरकारी सगै प्याजको भाउ पनि अत्यधिक बढेकोले उपभोक्तालाई चाड पर्वमा झनै महङ्गोमा सामान किन्नुपर्ने बाध्यता थपिएको छ। नेपालमा भारतबाट मात्र वार्षिक २ अर्ब भन्दा बढीको प्याज आयात हुँदै आएको छ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!