काठमाडौ, असोज १२(नेपाल नीति)- नेपालमा जारी साफ यू-१८ फुटबलको उपाधिका लागि आज भारत र बंगलादेश भिड्ने भएका छन् ।

खेल हलचोक मैदानमा दिउँसो साढे २ बजे शुरु हुने छ। भारत सन् २०१५ मा भएको पहिलो संस्करणको उपविजेता हो भने बंगलादेश दोस्रो संस्करणको उपविजेता हो।

तेस्रो स्थानको प्लेअफ खेलमा भुटान र माल्दिभ्स बिहान साढे १० बजे खेल्दैछ्न। सेमिफाइनलमा भुटान बंगलादेशसँग र माल्दिभ्स भारतसँग पराजित पराजित भएका थिए।

यशअघि दुवै संस्करणमा विजयी भएको नेपाल भने यो पटक घरेलु मैदानमा हार बेहोर्दै समूह चरण बाटै बाहिरिएको हो।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!