काठमाडौ, भदौ १८(नेपाल नीति)- लगभग दुई महिनादेखी चलेको नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको बैठक समाप्त भएको छ। पार्टी महामन्त्री पुर्ण बहादुर खड्काले असार २२ मा पेश गरेको विभिन्न १४ एजेन्डामा छलफल गरि सहमति पश्चात् विविध निर्णयका साथ बैठक सकिएको हो।

बैठक ले भदौ २४ गतेदेखि हुने राष्ट्रिय जागरण अभियान लाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार ५० भन्दा बढी जिल्लामा संघीय संरचना अनुसार संगठन गठन भैसकेको र बाकी रहेका जिल्लामा छिटै समायोजन को काम सकिनेछ।

बैठकले भातृ संस्थाहरुको बारेमा पनि निर्णय गरेको छ। नेविसंघ, दलित संघ , किसान संघ लगायत भातृ तथा विदेश स्थित जनसम्पर्क समितिको अधिवेशन गराउन केन्द्रिय सदस्य एनपी साउदको नेतृत्वमा कार्यदल गठन गरिएको छ।कार्यदलले एक साता अध्ययन गरि कम्तीमा छ महिनाभित्र महाधिवेशन गरिसक्न भातृ संस्थाहरुलाई निर्देशन दिनेछ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!