काठमाडौ, भदौ १८(नेपाल नीति)- नेपाल कम्युनिष्ट पार्टी नेकपाका संगठन विभाग प्रमुख बामदेव गौतम बुधबार सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उनी दिउँसो १ बजेपछि सिंगापुर जाने तय भएको गौतमको निजी सचिवालयले जनाएको छ । उनी मंगलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाने भनिए पनि पछि हल्ला मात्रै भएको भनिएको थियो ।

महासचिव पौडेल मंगलबार सिंगापुर गएका छ्न।

प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार प्रक्रिया बुधबार सकेर शुक्रबार स्वदेश फर्कने तयारी छ । महासचिव पौडेल र संगठन विभाग प्रमुख गौतम अब प्रधानमन्त्री ओलीसँगै शुक्रबार नै फर्कने बताइएको छ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!