काठमाडौ, भदौ १४(नेपाल नीति)- गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को ब्लाइन्ड अडिसनमा पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इजिनियरिंग अध्ययनरत अनुशा आचार्य चयन भएकी छिन । शुक्रबार सार्वजनिक गरिएको ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को एपिसोड नम्बर ५ मा उक्त प्रस्तुति प्रस्तुत गरिएको छ ।
प्रतियोगिताको ब्लाइन्ड अडिसनको क्रममा अनुशाले बच्चु कैलाशका एकदमै चर्चित गीत “टाढा टाढा जानु छ साथी” प्रस्तुत गरेकी छिन । ब्लाइन्ड अडिसनमा अनुशाले कोच राजु लामालाई आफ्नो आवाजले प्रभावित पार्दै कुर्सी घुमाउन सफल भएकी छिन । यसै संगै अनुशा आगामी यात्राका लागि प्रतिस्पर्धीको रुपमा छनौट भएकी छिन र छिटै नै ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछिन् ।

पढाई सगै गायन करियर लाई पनि अगाडि बढाउने आफ्नो उदेश्य रहेको बताउँने अनुशाले सम्पूर्णलाई साथ, आशीर्वाद दिन आग्रह गरिन।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!