काठमाडौ, साउन ३०( नेपाल नीति)- वेष्ट इण्डिज विरुद्धको तेस्रो एक दिवसीय खेलमा भारतले जित दर्ता गरेको छ। वेष्ट इण्डिजलाई ६ विकेट ले पराजित गर्दै भारतले खेलको सिरिज दुई शुन्यले आफ्नो पक्षमा पार्यो।

वेष्ट इण्डिजको लागि क्रीस गेलले ७२ रन, इभिन लुइसले ४३ रन, सेई होपले २४, सिमरोनले २५, निकोलसले ३० रन को योगदान दिए। खेलमा उसले सात विकेट गुमाएर दुई सय चालीस रन बनाएको थियो।

भारतले ३२ ओभरमा तीन बलमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। उसका लागि कप्तान विराट ले शतकिय पारी खेल्दै १४ चौका प्रहार गरे। भारतका लागि श्रैयसले ६५, शिखर धवनले ३६ रन र केदार ले १९ रन बनाए।

प्रतियोगितामा म्यान अफ द म्याच अनि म्यान अफ द सेरिज विराट कोहली भए।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!