काठमाडौ, साउन ३०(नेपाल नीति)- मेक्सिकोमा यसै महिनाको सुरुवातमा भएको दुई किशोरी को बलात्कार घटनाको अनुसन्धानको क्रममा ६ जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् ।
घटनामा सामेल अपराधीलाई कारबाहीको माग गर्दै सडकमा प्रदर्शन भएपछी मेयर क्लाउडियोले यस्तो घोषणा गरेकी हुन् ।
प्रदर्शनका क्रममा महिलाहरुले उनीहरूले हामीलाई रक्षा गरेनन्, हाम्रो बलात्कार गरे भन्ने नारा लगाएका थिए।
गत अगस्ट ३ तारीखका दिन एक १७ वर्षकि किशोरीले आफुलाई चार जना प्रहरीले बलात्कार गरेको बताएकी थिइन् । त्यस्तै दोस्रो घटनामा १६ वर्ष कि किशोरीले आफुलाई एक जना प्रहरीले बलात्कार गरेको बताएकी थिइन्।
मेक्सिको महिला हिंसा व्यापक हुने मुलुकमा पर्छ र संयुक्त राष्ट्रसंघले बताए अनुसार त्यहाँ दैनिक ९ जना मारिन्छ्न।