काठमाडौ, साउन ३०( नेपाल नीति)- आज हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व नवयज्ञाेपवीत एवं रक्षाबन्धन धारण गरि मनाइदै छ ।

आज विहानै देखि वैदिक सनातन धर्मावलम्बीले ताल, नदी, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु बाट रक्षासूत्र बाध्ने चलन छ। यसरी मन्त्रीएको डोरोले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने बुझाइ छ।

आजको दिन ब्राह्मण, क्षेत्री र वैश्य वर्णका तागाधारीले जनै फेर्नुपर्ने शास्त्रमा उल्लेख छ। यसको तयारी स्वरूप श्रावण शुक्ल चतुर्दशी देखि कपाल मुन्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरि बस्ने गरिन्छ। आजको दिन व्रत बस्नेले श्रावणी स्नान गर्ने प्रचलन छ।

स्नानपछी जौ, तिल र कुशले ऋषिलाई तर्पण गरि वैदिक रुद्राभिषेक पद्धति बाट मन्त्रीएको नयाँ जनै फेरिन्छ।

जनैपूर्णिमाको दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाइन्छ जसले गर्दा पेटको सफा हुने र खेतीपाती गर्दा शरीरमा लागेको चिसो हट्ने शास्त्रीय मान्यता छ।

यश पर्वको अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदा समेत प्रदान गरेको छ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!