काठमाडौ, साउन २५( नेपाल नीति)- भारत प्रशासित कश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता भारतले खारेज गरेपछी विरोधमा आवाज उठाउदै आएको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन विभिन्न प्रयास गर्दै आएको छ।

यसैबीच चीन पुगेका पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले त्यहाँ चिनियाँ विदेश मन्त्री वाङ यीसग भेटघाट गरेका छन् । भारतले लद्दाखलाई केन्द्र शासित प्रदेश बनाए पछि चिढिएको चिनले भारसामु आफ्नो असन्तुष्टि राखिसकेको छ।

कुरैशिले चिनियाँ समकक्षीसगको भेटघाट को बारेमा बताउदै भारतको आक्रामक कदमले दक्षिण एसियालाई नै खतरामा पारेको चिनियाँ बुझाई रहेको बताए । चिनले कश्मीर मुद्दामा आफुहरु पाकिस्तानको साथमा रहेको बताएको उनले उल्लेख गरेका छ्न।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!