काठमाडौ, साउन १७(नेपाल नीति)- आर्सनलले आइभरी कोस्टका खेलाडी पेपेलाई अनुबन्ध गरेको छ। उसले पेपेलाई ७२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।

सम्पुर्ण स्वास्थ्य परिक्षण सकिए पश्चात् २४ वर्षिय पेपेलाई पाँच वर्ष को लागि आर्सनलले भित्र्याएको हो। उनले आर्सनलमा १९ नम्बर को जर्सी लगाउने छन् । सन् २०१७ मा लिलमा आवद्ध पेपेले ७४ खेलमा ३५ गोल गरेका थिए। आर्सनलमा आवद्ध हुनु आफ्नो लागि गर्वको विषय भएको भन्दै उनले भने,’ यहाँ सम्म आउनका लागि मैले धेरै मेहनत गरेको छु र यो महान क्लबमा आवद्ध हुन पाउँदा पुरस्कृत भएको अनुभव गरेको छु।’

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!