काठमाडौ, साउन १७(एजेन्सी)- हुथी विद्रोहीहरुले यमनको सैनिक परेडमा आक्रमण गरि ३२ जनाको ज्यान लिएका छ्न भने दर्जनौ घाइते भएका छन् ।

विद्रोहीहरुले आक्रमणको क्रममा ड्रोन र मिसाइलको प्रयोग गरेका थिए । बीबीसीले बताए अनुसार दक्षिणी क्षेत्रको तटीय शहर अदनमा भैरहेको सैनिक परेडमा हुथी समुहले आक्रमण गरेका थिए।

उक्त शहर यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको शक्ति केन्द्र हो। यसैगरी उक्त सहरको प्रहरी कार्यालयमा समेत केही समय अघि आक्रमण हुँदा १० जनाको ज्यान गएको थियोे ।

आक्रमणको दृश्य दर्दनाक रहेको भन्दौ एक प्रत्यक्षदर्शीले भने,” शवका टुक्राहरु जमिनमा छरिएका थिए र केही सैनिक रोइरहेका थिए।”

सन् २०१५ को मार्च महिनामा हुथी विद्रोही समुहले देशको पश्चिम तर्फको ठुलो भुभाग कब्जा गरेपछि तत्कालीन रास्ट्रपति अबद रबू मन्सुर हादी यमन बाट भागेका थिए।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!