काठमाडौ, साउन १३( एजेन्सी)- इटालियन क्लब नेपोलीले युरोपेली च्याम्पियन लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ।

प्रि सिजनको मैत्रीपुर्ण खेल सबै गुमाएको लिभरपुल नेपोलीसँग स्तब्ध भएको हो। लिभरपुल जर्मन क्लब बोरुसिया डोर्टमण्ड र स्पेनीस क्लब सेभियासित पनि पराजित भएको थियो। पोर्चुगिज क्लब स्पोर्टिङ सँग भने बराबरीमा रोकिएको थियो।

नेपोलीको लागि लोरेन्जोले १७ औं मिनेटमा खाता खोले भने २८ औं मिनेटमा अर्काडिउजले दोस्रो गोल गरे। खेलको दोस्रो हाफमा अमीन युनुसले नेपोलीको निम्ति तेस्रो गोलको योगदान दिए।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट

 





 

error: Content is protected !!