काठमाडौँ, साउन ११ (नेपालनीति) । चर्चित जोडि नायक पल शाह र नायिका आँचल शर्माको अभिनय तथा डान्स रहेको ’’नाचौँ छम छम’’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित संगीतकार कमल अधिकारी तथा गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा “तिमी हासेको पल“ बोलको गितबाट चर्चा कमाएका गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने प्रख्यात छायाँङ्कार अर्जुन तिवारीले छायाँङ्कन गरेका हुन। गीतमा कमल अधिकारीको संगीत सम्योजन रहेको छ ।

भिडियो अधिकारीकै युटुव च्यानलवाट अपलोड गरिएको छ । गीतकार हरी कटुवालको शब्द र सङ्गीगितकार कमल अधिकारीको सङ्गितमा यसभन्दा अगाडी यसै च्यानलवाट अपलोड गरिएको “तिमी हाँसेको पल“ बोलको गीतले निकै चर्चा कमाएको थियो ।

तपाईंको प्रतिकृयाहरू