काठमाडौ, साउन १०( नेपाल नीति)- फ्राइडे रिलिज अन्तर्गत आजबाट हलमा चलचित्र सुपर गोर्खे र एकलव्य प्रदर्शनमा आएका छन् ।

अभिनेत्री ऋचा सिंह ठकुरी को निर्माण कम्पनी अवीर हाउसको प्रोडक्सनबाट बनेको सुपर गोर्खेमा ऋचा नै अभिनेत्री को भुमिकामा छिन भने उनका श्रीमान राज नायकको भुमिकामा छन् ।

चलचित्रको निर्मातामा इश्वरी ठकुरी, रामकृष्ण र सुदिप थापा छन् । यस चलचित्रमा ऋचासिंह ठकुरी, सुरज सिंह ठकुरी , निराजन लुइँटेल , भुपेन्द्र क्षेत्री, सचिन केसि लगायतको अभिनय हेर्न पाइन्छ।

आजैदेखि प्रदर्सनमा आएको पारिवारिक प्रेमकथामा निर्माण गरिएको चलचित्र एकलव्यमा अनमोल शर्माको निर्देशन रहेको छ जसमा सोनाम थापा, ओसन भट्टराई , पुष्कर राउत , सुशील पोखरेल सुष्मा कार्की आदि कलाकारको भुमिका रहेको छ।

तपाईंको प्रतिकृयाहरू