काठमाडौ, साउन १०(नेपाल नीति)- पुर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई , डा. रामशरण महत र सुरेन्द्र पाण्डेले सरकारले दिगो विकास हासिल गर्न आवश्यक कदम नचालेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौमा आयोजना गरिएको ‘नेपाल इकोनोमिक आउट लुक’ कार्यक्रममा आफ्नो धारणा राख्दै उनिहरुले सरकार दिगो विकासका लक्ष्य हासिल हुने गरि आर्थिक विकास को तयारीमा चुकेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री भट्टराईले सरकारले देशको दिगो आर्थिक विकासका लागि दोहोरो अंक को आर्थिक विकास हुने गरि लगानीको व्यवस्था गर्न नसकेको बताए ।

त्यसैगरि आफ्नो धारणा राख्दै काङ्ग्रेस नेता एवं पुर्व अर्थमन्त्री महतले सरकारले दिगो विकासको लक्ष्य भेट्न आवश्यक योजना समेत बनाउन नसकेको बताउदै आर्थिक विकासका लागि संस्थागत क्षमता वृद्धिमा सरकारले जोड दिनुपर्ने उल्लेख गरे।

पुर्व अर्थमन्त्री एवं सत्तारूढ नेकपाका नेता सुरेन्द्र पाण्डेले राजनीतिक सुधार नभएको कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुने गरि आर्थिक विकास हुन नसकेको दाबी गरे।उनले दिगो विकास को लक्ष्य पूरा गर्न योजना थुपार्ने भन्दा पनि थोरै योजना तय गर्दै त्यसलाई पूरा गर्दै अघि बढ्नुपर्ने बताए ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!