काठमाडौ, साउन ३(एजेन्सी)- दोस्रो पटक डोपिङ टेस्टमा असफल भए पश्चात केन्याकी धाविका सलोम बिवोटलाई ८ वर्षको प्रतिबन्ध लगाइएको छ।

३६ वर्ष पुगेकी धाविकाले साओ पाउलो अन्तर्राष्ट्रिय म्याराथनमा प्रतिबन्धित स्टोरायड सेवन गरेको एथलेटिक्स इन्टिग्रीटी यूनिटले जनाएको छ। यशअघि सन २०१२ समेत डोपिङ टेस्टमा असफल उनले उक्त समयमा दुई वर्ष प्रतिबन्ध भोगेकी थिइन् ।

दुई वर्ष को प्रतिबन्ध सकिएसगै पुन एथलेटिक्स ट्रयाकमा फर्किएकि सलोम पुनः डोपिङ टेस्ट मा असफल भएसगै ८ वर्षको लागि प्रतिबन्धित भएकी हुन। उनी लामो समय प्रतिबन्धमा पर्ने केन्याकी तेस्रो खेलाडी हुन् ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!