काठमाडौ, असार २६(नेपाल नीति)- हास्य कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र लक्का जवानमा अभिनेत्री प्रीयंका कार्की ले लिखित सम्झौता गरेकी छिन् । उक्त कुराको जानकारी निर्माता किरण केसि र निर्देशक शिवहरी पौडेलले दिए।

आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म पारिवारिक तथा कमेडी कथामा आधारित हुने बताइएको छ। विभिन्न हास्य सिरियल निर्देशन गरेका पौडेल को यो डेब्यु चलचित्र हो। यश चलचित्र मार्फत अभिनेता दिलिप रायमाझी को छोरिले डेब्यु गर्न सक्ने बताइएको छ।

उक्त चलचित्रमा ध्रुव पन्त र अनुसुया श्रेष्ठ को लगानी रहनेछ। सह निर्मातामा किरण केसि, दिलिप रायमाझी र शिवहरी पौडेल रहनेछन् ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!