काठमाडौ, असार २६(नेपाल नीति)- अबको केहि दिन देशभर प्राय ठाउँमा वर्षा को कारण बाढी पहिरोको जोखिम रहेको मौसमविदहरुले जनाएका छन् ।महाशाखाका अनुसार खासगरि चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको छ।महाशाखाले बताए अनुसार बिहिवार बेलुका पछि पुर्वको कन्काई, सुनकोसी, तमोर, सप्तकोसी, कमला नदिमा बहाव उच्च हुनेछ। यसैगरी तराईमा डुबानको समस्या निम्तिन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। भारी वर्षाको कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान मौसम पुर्वानुमान महाशाखाको छ।

तपाईंको प्रतिकृयाहरू