काठमाडौ, असार २३(नेपाल नीति)- सरकारले सिफारिस गरेका चार जना राजदुतको नाम संसदीय सुनुवाइ विषेश समितिले सर्वसम्मत अनुमोदन गरेको छ।समितिको आज बसेको बैठकले स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्वाज, अस्ट्रेलियाको लागि प्रस्तावित राजदुत महेशराज दाहाल र बाङ्लादेशका लागि प्रस्तावित राजदुत डा. वंिशधर मिश्रको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।समितिको बैठकमा प्रस्तावित राजदूतहरुले आफ्नो क्षमता, योग्यता र कार्ययोजना प्रस्तुत गर्दै नेपाल को हितमा कुटनैतिक गतिविधिमा आवद्ध हुने प्रतिबद्धता जनाएका थिए।प्रस्तावित सबै राजदुतहरुको योग्यता, क्षमता र कार्ययोजना चित्त बुझ्दो भएकोले अनुमोदन गरिएको समिति सभापति लक्ष्मण लाल कर्णले बताए ।

तपाईंको प्रतिकृयाहरू