काठमाडौ, असार २२(नेपाल नीति)- एसईई पुरक परिक्षाको तालिका राष्ट्रिय परिक्षा बोर्डले संसोधन गरेको छ। यसअघि साउन २६ र २७ का लागि तोकिएको परिक्षा भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनायो। सैद्धान्तिक दुई विषयमा सी वा सी भन्दा तलको ग्रेड हासिल गरेका नियमित तर्फका विद्यार्थी पूरक परिक्षामा सहभागी हुन सक्नेछन् ।

भदौ १ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत विषयको परिक्षा हुनेछ ।

भदौ २ गते गैह्र नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी विषयको परिक्षा हुनेछ।

भदौ ३ गते अनिवार्य गणित र भदौ ४ मा अनिवार्य विज्ञान को परिक्षा हुनेछ।

भदौ ५ गते प्राविधिक तर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपेयर एण्ड मेन्टेनेन्स र बेसिकम्युजिक विषयको परिक्षा हुनेछ।

भदौ ६गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत विषयको परिक्षा हुनेछ।

भदौ ६ गते नै प्राविधिक तर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेन्ट एण्ड इन्स्ट्रुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपाल को परिक्षा हुनेछ ।

भदौ ७ गते ऎच्छिक प्रथमका सबै विशयहरु र प्राविधिक तर्फ ऎच्छिक गणितको परिक्षा हुनेछ ।

यसैगरी भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिक तर्फका अन्य विषयको परिक्षा तोकिएको छ।

परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!