काठमाडौ, असार २२(एजेन्सी)- विश्वकप क्रीकेट अन्तर्गतको लिग चरण को अन्तिम खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १० रनले स्तब्ध बनाएको छ। दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३२६ रनको लक्ष्य दिएको थियो। तर अस्ट्रेलिया एक बल बाकी हुँदा ३१५ रनमा अलआउट भयो।दक्षिण अफ्रिकाको जितको लागि फफ डु प्लेसिले १०० रन को योगदान दिए। त्यससँगै हार्विनले ९५ रन, क्विन्ट्न डिककले ५२ रन र एइडेनले ३४ रन जोडे।

अस्ट्रेलियाको लागि भने डेविड वाइनरले १२२ रन ,एलेक्स क्यारीले ८५ रन बनाए।

लिगको दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले तेस्रो स्थानमा रहेको इङ्ल्याण्ड सग प्रतिस्पर्धा गर्नेछ ।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!