काठमाडौ, असार १८(नेपाल नीति)- चौतर्फी आलोचना भएपछि काठमाडौमा हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड(आइफा) काठमाडौमा नहुने भएको छ।

असार ८ गतेको मन्त्रीपरिषद बैठकले नेपालमा आइफा अवार्ड कार्यक्रम गर्ने दिने निर्णय गरेको थियो । उक्त कार्यक्रमको लागि काठमाडौ महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो।

सरकार आयोजक भएको भन्दै चौतर्फी आलोचना भएपछि सो अवार्ड समारोह रोक्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!