काठमाडौ, असार १७(एजेन्सी)- अफगानिस्तानको राजधानी काबुलमा तालिवान आतंककारीहरुले विस्फोटक पदार्थले भरिएको एक कारलाई विस्फोटन गराउदा ३४ बढीको मृत्यु भएको छ। घटनामा परि अन्य ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिले जनाए अनुसार घटना पछि आतंककारीहरु एक निर्माणाधीन घरमा छिरेको र त्यहीँ सुरक्षाकर्मी र उनिहरु बिच दोहोरो गोलि हानाहान भएको हो।

घाइते मध्ये प्रायः को अवस्था चिन्ताजनक रहेको छ।

घटनास्थललाई सुरक्षाफौज ले घेराबन्दी गरेको र पत्रकार समेत जान नदिइएको बताइएको छ।

तपाईंको प्रतिकृयाहरू