काठमाडौ, असार १६(नेपाल नीति)- संयुक्त अरब इमिरेट्स(यूएई) का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख महम्मद बिन राशिद अल मकतुमकी छैठौं श्रीमती हया अल हुसेनले देश छडेकी छिन् ।

उनले साथमा आफ्नो २ बच्चा र २ अर्ब ७१ करोड लिएर गएको बताइएको छ।

हयालाई दुबईबाट बाहिर निस्कन जर्मन दूतावासले सहयोग गरेको थियो र हाल उनी लण्डन रहेकी छिन् ।

जोर्डनका राजा अब्दुल्ला कि सौतेनी बहिनि रहेकी हयाले प्रधानमन्त्री मकतुम सग सम्बन्ध विच्छेदको माग गरेकी छिन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार प्रधानमन्त्री मकतुमले हयालाई फिर्ता पठाउन जर्मनसग आग्रह गरे पनि सो आग्रहलाई जर्मन ले अस्वीकार गरेको थियो।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!