काठमाडौ, असार १४(नेपाल नीति)- नेपालमा आयोजना हुन लागेको चर्चित भारतीय आइफा अवार्ड -२०१९ को विषयमा नेपालका सामाजिक संजालमा विविध टीका टिप्पणी सुरु भएको छ।

गएको ५ र ८ गते बसेको मन्त्रीपरिषद को बैठकले आइफा अवार्ड काठमाडौमा गर्न स्वीकृति प्रदान गरेको थियो। अवार्ड समारोहमा ६ सय भन्दा बढी प्रतिनिधि र ६० बढी भारतीय कलाकार सहभागी रहने छन् ।

पर्यटन बोर्ड र काठमाडौ महानगरपालिका सह आयोजक हुने कार्यक्रम को सम्पूर्ण खर्च नेपालले बेहोर्नु पर्नेछ। आयोजकले ५० लाख अमेरिकी डलर माग गरेको थियो। नेपालको पर्यटन प्रवर्द्धनमा यसले सहयोग पुग्ने भनिएपनी यति धेरै रकम खर्च गर्न नेपाल सरकार तयार भएको भन्दै विभिन्न टिप्पणी सुरु भएको छ।

तपाईंको प्रतिकृयाहरू