काठमाडौ, असार १३(नेपाल नीति)-नेपाली काँग्रेसका युवा नेता एवं नेविसंघका पुर्व अध्यक्ष नैनसिंह महरले कम्युनिस्ट आन्दोलनमा हाल सम्म विश्व भरिमा ५ करोड भन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिस्ट आन्दोलन जनताका नाममा कलंकका रुपमा देखिन थालेको वताएका छन ।युरोप स्थित कांग्रेसका जनसम्पर्क समितिहरुका विभिन्न देशहरुको कार्यक्रम व्यस्त रहेका महरले मार्क्स जन्मेको घरको अवलोकन पछि जर्मनीको ट्रेरियर शहरको एक कार्यक्रममा वोल्दै मार्क्स एक दार्शनिक भए पनि उनले सोचेको कम्युनिस्ट विचारले संसारको कुनै कुनामामा पनि राजनैतिक अधिकार सहितको शान्तिपुर्ण राम राज्य स्थापित हुन नसकेको वताए।कम्युनिस्ट वरदान होईन कि अभिसापका रुपमा परिणत भएको छ । स्वयं मार्क्स जन्मेको देश र शहरमा उनले प्रतिपादित गरेको कम्युनिस्ट वीचार धारा शुन्य भ्यालुमा झरेकाले मार्क्स को देश जर्मनका जनता समेत वर्लिनको पर्खाल जस्तै अव दुनियामा कुनै पनि जनताले कम्युनिस्ट पर्खालको चारदीवारी भित्र वस्नु नपरोस भन्ने पक्षमा रहेको एक अर्कों प्रसंगमा महरले भनेअहिले प्रजातान्त्रिक विश्वको युग भएकाले दुनियाको कुनै पनि मुलुक प्रजातान्तिक पद्दती वाट भाग्न नसक्ने वताउदै महरले नेपालको कम्युनिस्ट सर्वसत्तावीदी प्ररभुत्व मिथ्या र क्षणीक भएकाले छिटै पतन हुनुका साथै प्रजातान्त्रिक नेपालमा देशले समृद्धि प्राप्त गर्ने कुरामा ढुक्क रहन विदेशमा रहेका डायस्पोरा नेपाली संग उनले आग्रह गरे।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!