काठमाडौ, जेठ २०(नेपाल नीति )- ठेकेदारले काम अलपत्र पारेर भागेपछी सरकारले मेलम्ची आयोजना को बाकी कार्य सम्पन्न गर्न कामलाई विभिन्न १० प्याकेजमा बिभाजन गरेर ठेकेदार खोज्न थालेको छ।

मेलम्ची आयोजनाका अनुसार २ वटा प्याकेजमा खुल्ला बोलपत्र आह्वान गरिएको छ भने बाकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिने तयारी गरिएको छ।

अब सुरुङ र हेडवर्क्स का लागि बेग्लाबेग्लै ठेकेदार छनौट गर्न लागिएको छ।सुरुङ्गको काम १२ महिनामा र हेडवर्क्सको काम १५ महिनामा सक्नेगरि टेन्डर आह्वान गरिएको छ।यी दुबै टेण्डरमा योग्य स्वदेशी कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन्।सरकारले नीति तथा कार्यक्रममा १ वर्षमा मेलम्चीआयोजना सफल बनाउने उल्लेख गरेपनी हाल ठेकेदारहरु आन्दोलनमा भएको कारण आयोजना अन्योलमा परेको छ।

इटालियन कम्पनी सीएमसिले २ पुसमा कम्पनी आर्थिक संकटकमा परेको भन्दै ठेक्का तोडेको पत्र सरकारलाई दिएर काम स्थगित गरेको थियो। यससँगै सरकारले पनि सीएमसी सग ठेक्का सम्झौता तोडे पछि हाल मेलम्चीको काम ठप्प रहेको छ।

तपाईंको प्रतिकृयाहरू