काठमाडौ, जेठ २०(नेपाल नीति )- विश्वकप क्रीकेट अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो हार बेहोरेको छ। विश्वकपकको पहिलो खेलमा नै जित निकाल्दै बाङ्लादेशले दक्षिण अफ्रिकालाई २१ रनले हरायो।

टस हारेर व्याटिङ रोजेको बाङ्लादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनाएको थियो। उसको लागि शकिब हसन र मुस्खिकर रहिमले उत्कृष्ट साझेदारी गरे।बाङ्लादेशका लागि हसनले ७५ रन , रहिमले ७८ रन , महमुदुल्ललाहले ४६ रन र मोसोदेकले २६ रन बनाए।

जवाफमा दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २ सय २१ रन बनायो। उसका लागि कप्तान फाफले ६२ रन, डेविड ले ३८ तथा डेर हुसेनले ४१ रन, ककले २३ र एडिम ले ४५ रन बनाए।

तपाईंको प्रतिकृयाहरू