काठमाडौ, जेठ १७(नेपाल नीति )- भारतमा सप्पन्न लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत र एनडीए गठबन्धनले अत्यधिक मत पाएसगै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ लिएका छन् ।

करिब छ हजार बढी अतिथिका माझ रास्ट्रपति कार्यालयमा मोदीले पद तथा गोपनियताको सपथ लिए। सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलि सहभागी थिए।

मोदीले गठन गरेको ५९ सदस्यीय मन्त्रीपरिषदमा नयाँ १९ अनुहार बाहेक प्राय पुरानै अनुहार छन् ।

मोदीसगै मिलेर भाजपा लाई सफलता दिलाएका भाजपा अध्यक्ष अमीत शाह पनि २५ क्याबिनेट मन्त्रीमा परेका छ्न। पुर्व विदेश सचीव एस जयशंकर पनि मन्त्री भएका छ्न।उनी भावी बिदेशमन्त्री हुनसक्ने अनुमान छ। यसैगरी अमेठी मा काङ्ग्रेस अध्यक्ष राहुल गान्धी लाई पराजित गरेकी स्मृति इरानी पुन मोदी सरकारमा मन्त्री बनेकी छिन्।

तपाईंको प्रतिकृयाहरू