काठमाडौ, जेठ १७(एजेन्सी)- लण्डनको किनिङटोन ओभलामा भएको विश्वकप क्रीकेटको उद्घाटन खेलमा घरेलु टोलि इंग्ल्याण्डदले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले हराएको छ।

३१२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेट गुमाउदै २०७ रन मात्र बनायो।उसको लागि ओपनर डि ककले ६८ रन बनाए भने रसिइ भान ले ५० रन जोडे।

टस हारेर व्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन बनाएको थियो।उसको लागि बेन ले ८९ रन को योगदान दिए भने मोर्गनले ५७, जायसले ५४ र जोई ले ५१ रन बनाए।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!