काठमाडौ, जेठ १५(एजेन्सी)- विश्वकप क्रीकेटको अभ्यास खेलमा न्युजिल्यान्ड वेष्ट इन्डिज सँग पराजित भएको छ।

मंगलबार राती सप्पन्न भएको खेलमा वेष्ट इन्डिज ९१ रनले विजयी भएको हो। वेष्ट इन्डिजले ४२२ रनको विशाल चुनौती दिएको मा न्युजिल्यान्डले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा ३३० रन बनाएको थियो।

टस हारेर पहिलो व्याटिङ रोजेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर सकिन ४ बल बाकी रहदा सबै विकेटको क्षतिमा ४२१ रन बनाएको थियो। उसको लागि शाइ होपले १०२ रन, एन्ड्रे ले ५४, इभिन ले ५० र कृस गेलले ३६ रनको योगदान दिए।

न्युजिल्यान्डका लागि टोम ब्लुन्डलले १०६ रन बनाए। कप्तान केन ले ८५ रन जोडे भने ईश सोधिले ३९ रन बनाए।

तपाईंको प्रतिकृयाहरू