लमजुङ , जेठ १३(नेपाल नीति)- नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा एकता भए काङ्ग्रेस लाई कसैलाई हराउन नसक्ने बताए।

नेपाल महिला संघ सुन्दर बजार नगर कार्य समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान तथा प्रशिक्षण कार्यक्रम र नगर स्तरीय भेलालाई हिजो सम्बोधन गर्ने क्रममा उनले काङ्ग्रेस लाई गुटबन्दीले समाप्त पार्न लागेको भन्दै चिन्ता व्यक्त गरे।कोइरालाले भने,” काङ्ग्रेस सिद्धान्त, विचार , कार्यकर्ता र इतिहासले सुसज्जित पार्टी हो, हामी एकजुट भए कसैले केही गर्न सक्दैन।”

पार्टीको ग्रुपिज्म अन्त्यको लागि आफू सक्रिय रुपले लाग्ने बताउदै कोइरालाले सबैलाई पार्टी को निर्देशन अनुरुप इमानदार भएर काम गर्न अनुरोध गरे।

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!