काठमाडौ, जेठ १२(नेपाल नीति )- बार्सिलोनालाई २-१ को अन्तरले हराउँदै भ्यालेन्सियाले कोपा डेल रे को उपाधी हात पारेको छ। यो सगै स्पेनिस घरेलु प्रतियोगितामा यो सिजन दोहोरो उपाधी जित्ने बार्सिलोनाको सपना सकिएको छ।

निकै रोमान्चक खेलको २१ औं मिनेटमा केभिन गामिरियोले गोल गर्दै भालेन्सियालाई अग्रता दिलाएका थिए। लगत्तै ३३ औं मिनेटमा रोदृगोको गोल मार्फत भ्यालेन्सिया २-१ ले अगाडि आयो।

बार्सिलोनाको लागि भने खेलको ७३ औं मिनेटमा लियोनल मेस्सी ले १ गोल गरे। मेस्सिको भ्यालेन्सिया विरुद्ध को यो २८ औं गोल हो। यो जित सगै सन २००८ पस्चात भ्यालेन्सियाले पहिलो पटक कोपाको उपाधी जितेको छ।

तपाईंको प्रतिकृयाहरू