काठमाडौँ, जेठ ३ – नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ ।

यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्न परामर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो ।

अन्नपूर्ण पोस्ट् दैनिक

तपाईंको प्रतिकृयाहरू