वैशाख २९ (नेपालनीति)– १२औं इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुदै छ ।

चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा फाइनल खेल हुनेछ । मुम्बई र चेन्नाईले तीन–तीन पटक आईपीएलको उपाधि जिति सकेका छन् ।

लिग चरणको पहिलो खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको थियो भने अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू