काठमाडौ, बैशाख २८(नेपाल नीति )- दिल्ली क्यापिटल्स लाई ६ विकेट ले पराजित गर्दै चेन्नेई सुपर किङ्स जारी आईपिएलको फाइनलमा प्रवेश गरेको छ। यो सगै दिल्ली को पहिलो पल्ट फाइनल पुग्ने सपना समाप्त भएको छ।

चेन्नेईको जितका लागि ओपनर फाप डुप्लेसिस र शेन वाट्सले अर्धसतकिय पारी खेलेका थिए ।

आईपिएलको उपाधी का लागि चेन्नेईले आइतबार मुम्बई इन्डियन्स सग प्रतिस्पर्धा गर्नेछ।यी दुवै टोलि ले ३/३ पटक आईपिएलको उपाधी जितिसकेका छन् ।

बिसाखापट्नममा भएको दोस्रो क्वालिफायरमा १४८ रनको लक्ष्य चेन्नेईले ९९ ओभरमा ४ विकेट गुमाएर भेट्यो। टस हारेर पहिलो व्याटिङ रोजेको दिल्ली ले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४७ रनको स्कोर बनायो।दिल्ली को यो हार सगै सन्दिप लामिछाने को आइपिएल यात्रा यो सिजन का लागि सकिएको छ।

तपाईंको प्रतिकृयाहरू