– मित्र प्रसाद घिमिरे

खण्ड क: सामान्य ज्ञान

नेपालको कुटनैतिक सम्बन्ध कायम भएको पछिल्लो (१६६ औँ) राष्ट्र कुन हो?
– ईस्वातिनी (Eswatini) , २०१९ मे ९

(अफ्रिकि देश ईस्वातिनी अफ्रिका महादेशको सानो भुपरिबेष्ठित राष्ट्र संगै सबैभन्दा धेरै एच.आई भी एड्स संक्रमित भएको राष्ट्र हो (झन्डै २७% कुल जनसंख्याको)। स्मरण रहोस ईस्वातिनीको पुरानो नाम स्वाजिल्याण्ड हो।)

२. प्रधानमन्त्री केपी शर्मा ओलीद्दारा भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण कहिले भयो?
२०७६ बैशाख २६ देखि जेठ १
(दक्षिणपूर्वी एसियाली मुलुकहरूमा नेपाली प्रधानमन्त्रीको तहमा हुन लागेको यो पहिलो भ्रमण हो)

३. बैशाख २० गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कहिले संसदमा बहुमतले पारित भयो?
– २०७६ बैशाख २४ (उक्त नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए ।)

४. प्रदेश १ को स्थायी राजधानी बिराटनगर कहिले तोकियो?
– २०७६ बैशाख २३ गते ( कार्यपालिका, व्यवस्थापिकालगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावका पक्षमा प्रदेशसभाका ९३ सदस्यमध्ये ८६ मत परेको थियो । विपक्षमा शून्य मत परेकाले दुई तिहाइ मतले प्रस्ताव पारित भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए । )

५. विश्व नर्स दिबस कहिले मनाईन्छ?
– मे १२

६. हाल क्यानाडाका लागि नेपाली आवासी राजदुतमा कसलाई नियुक्त गरिएको छ?
– भृगु ढुंगाना

७. सगरमाथाको उचाई नाप्न पहिलो पटक नेपाली प्राबिधिक टोलीको नेतृत्व कसले गरेका छन्?
– खिमलाल गौतम (यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम अहिले प्रावधिकि सहयोगी र शेर्पा आरोहीहरूसँगै सगरमाथा आधार शिविरमा रहेका छन्। उनी सन् २०११ को नेपाली कर्मचारी सगरमाथा आरोहण दलमा पनि सामेल थिए।)

८. नेपालको पहिलो कार्बन न्युट्रल एयरलाइन्स कुन हो?
– यति एयरलाइन्स ( जलबायु तटस्थताका लागि सयुँत्त राष्ट्र संघको ‘ग्रिनिङ दी ब्लु’ भन्ने अबधारणालाई आत्मसाथ गर्दै सन् २०१८ मा हरितगृह ग्याँस उत्सर्जन कम तथा अफसेट गर्न सफल यति एयरलाइन्स नेपालको पहिलो कार्बन न्युट्रल एयरलाइन्स भएको छ।)

९. प्रदेश १ मा ८००० मिटर भन्दा अग्ला हिमाल कतिवटा छन्?
– ५ वटा
(सगरमाथा , कञ्चनजंघा , ल्होत्से, मकालु, चोयु)

१०. Caribbean Sea कुन महासागरमा पर्दछ?
– आन्ध्र महासागर

११. मन्त्रिपरिषद्ले कहिले पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरेको छ?
-बैशाख १७,२०७६

१२. हिन्द महासागरको तटिय क्षेत्रमा चल्ने शक्तिशाली आँधीको नाम के हो?
– फानी
(फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा चल्छ)

१३. अमेरिकाको गुप्तचर संस्थाको नाम के हो?
– CIA ( Central Intelligence Agency)

१४. लिम्बू भाषाको पहिलो चलचित्र कुन हो?
– नुमाफुङ ( सुन्दरफुल)

१५. पन्ध्रौं योजनाको आधारपत्र अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति पुराउने लक्ष्य रहेको छ?
– १२,१०० अमेरिकी डलर

१६. ईन्टरनेटमा प्रयोग हुने HTTP को पूरा रुप ले हो?
– Hypertext Transfer Protocol

१७. ग्याँसको दबाब नाप्ने यन्त्रलाई के भनिन्छ?
– Manometer

१८. सयुँत राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्या राष्ट्र चीनले हालसम्म कति पटक VETO प्रयोग गरेको छ?
– १२ पटक ( २०१९ फेब्रुहरी सम्म)

१९. सार्कमा सबैभन्दा बढी जनसंख्या कृषि पेसामा आश्रित भएको देश कुन हो?
– भुटान ( करिब ९५%)

२०. नेपाल ईन्टरपोलको कति औँ सदस्य राष्ट्र हो?
– १०० औँ
(नेपाल सदस्य : १९६७ मा )

खण्ड – ख : बौद्धिक परिक्षण

1.      1, 5, 14, 34, 55, 91, ?

a. 130      b. 140   c.150        d.160

Answer: 140

2. Which two months in the calender have same calender?

a. june october             b. april, november             c. april july             d. october december

Answer: c

3. Which of the following is pair of co-primes?? A)31,93 b) 32,62 c)18,25 🔊↔️ d)14,35

Answer: c

4. If DIAMOND is coded as VOYMKLV how is FEMALE coded? A)TUMYNU B)UVNZOD C)UVNYNV D)TVNYNV

Answer: a

5. Y, W, T, P, N, ? , ? , E

a. K, G           b.IJ          c. HF        d. LJ

Answer: a

6. A man covers half of his journey at  6 km/hr and the remaining half at 3 km/hr, his average speed is

a. 9 km/hr     b. 4 km/hr     c. 4.5 km/hr     d. 3 km/hr

Answer: b

7. A man buys an article for 10% less than its value and sells it for 10% more than its value. His gain or loss percentage is

a. No profit, no loss       b. less than 20%      c. 20% profit      d. more than 20% profit

Answer: d

8. लगातार आउने ७ वटा संख्याको औसत २० भए सबैभन्दा ठूलो अंक कुन हो ?

a. 24         b. 23       c. 22         d. 20

Answer: b

9.  B को भाई A हो, C चाँही A को बुबा हो , D चाँही E को भाई हो, E चाँही B को छोरी हो भने D को अंकल को हो ?

a. A             b. B           c. C    d. E

Answer: a

10.

a.36    b.38      c. 19    d.41

Answer: c

 

तपाईंको प्रतिकृयाहरू

error: Content is protected !!