काठमाडौ, बैशाख २०(नेपाल नीति )- फ्राइडे रिलिज अन्तर्गत आज देश भरिका हलहरुमा दालभात तरकारी प्रदर्शनमा आएको छ। यो वर्षको बहुप्रतिक्षित चलचित्र मानिएको दालभात तरकारीले मल्टिकम्प्लेक्समा सर्वाधिक २४ शो पाएको छ।

दर्शकको सहजताको लागि अग्रिम टिकट बुकिङ को व्यवस्था गरिएको र आफुलाइ पायक पर्ने ठाउँबाट अनलाइन टिकट बुकिङ को व्यवस्था गरिएको चलचित्र युनिट ले बताएको छ।

चलचित्रका प्रस्तुतकर्ता किरण केसीका अनुसार विभिन्न देशमा चलचित्र बिक्रि भैसकेको छ भने अष्ट्रेलिया मा मात्र सर्वाधिक ४५ लाखमा चलचित्र बिक्रि गरिएको छ।

तपाईंको प्रतिकृयाहरू