बाँके, बैशाख ११ (नेपालनीति)– आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ मंगलबार गौरिका सिंहले आफ्नै पुरानो कीर्तिमान तोडेकी छन् ।

आर्मीकी गौरिकाले १०० मिटर बटरफ्लाईमा स्वर्ण जित्दा १ मिनेट ७.९७ सेकेण्ड मार्क गरिन् । यसअघि यो विधामा उनले १ मिनेट ८.६३ सेकेण्डको कीर्तिमान थियो ।

गौरिका सिंहले कीर्तिमानसँगै चार स्वर्ण हात पारिन् भने उनले महिला दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल, एक सय मिटर बटरफ्लाई र चार गुणा एक सय मिटर रिलेको स्वर्ण पनि कब्जा गरिन् ।

तपाईंको प्रतिकृयाहरू