काठमाडौँ, बैशाख ९ (नेपालनीति)– काठमाडौंका यूवा सुजन श्रेष्ठ प्रसिद्ध चिनियाँ शो– ‘भोइस अफ चाइना’ मा प्रतिस्पर्धा गरिरहेका छन् ।

भारतीय रियालिटी शोहरुमा धेरै नेपालीहरुले सहभागिता जनाउदै आएपनि चीनियाँ शोमा भने त्यति धेरै सहभागिता रहेको छैन् ।

सम्पूर्ण नेपालीहरुको सहयोग र हौसलाले मात्र आफूले जीत हाँसिल गर्न सक्ने भन्दै नेपालको मान र प्रतिष्ठा अन्तराष्ट्रिय स्तरमा पुर्याउने इच्छा रहेको कुरा उनले नेपाल नीतिलाई बताए ।

उनले ‘सिल्क रोड — वान बेल्ट वान रोड’ म्यूजिक कम्पिटिसनमा पनि ७२ देशका ५०० प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू