काठमाडौँ, चैत २ (नेपालनीति)– विश्व सम्पदा सूचिमा सूचिकृत हिन्दु धर्मावलम्बिहरुको प्रमूख तिर्थस्थल पशुपतिनाथ क्षेत्रमा द एभरेष्ट हाउसले आज सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

विश्वभर हालै चर्चामा रहेको ह्यासट्याग ट्रयास ट्याग च्यालेन्ज अभियानलाई नेपालमा पनि आत्मसाथ गर्दै पवित्र महाशिवरात्रीताका जम्मा भएको फोहोर संकलनमा एभरेष्ट हाउस टिम जुटेको कुरा एभरेष्ट हाउसका संस्थापक जागृत पौडेलले नेपालनीति संवाददातालाई जानकारी गराएका छन् । कार्यक्रममा सहभागी संवमसेवक प्रकाश खनालले भने, “श्लेसमानतक जंगलको वरिपरि रहेको करिव एक क्विन्टल फोहोर संकलन गरियो ।”

ह्यासट्याग ट्रयास ट्याग च्यालेन्ज अभियानबाट पहिले फाहोर भएको स्थानमा स्वतस्र्फुत रुपमा व्यक्तिहरु तथा समूहहरु जम्मा भई उक्त स्थानलाई सरसफाई गरी सफा गरेको फोटो राख्ने अभियान चर्चामा रहेको छ ।

तपाईंको प्रतिकृयाहरू