काठमाडौं, पुस २४ । नेपाल बिद्यार्थी सँघ नेविसंघ) ले विगतमा नेपाली बिद्यार्थीका पक्षमा विभिन्न मागहरु उठाउँदै आएको र ती मागहरु सरकारले पुरा नगरेको भन्दै ७२ घण्टा भित्र उक्त मागहरु पूरा नगरिए आफ्नै माउ पार्टीको सरकार बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेविसँघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा प्रधानमन्त्रि निवास बालुवाटार पुगेको नेविसंघ टोलिले प्रधानमन्त्रि शेर बहादुर देउवालाई भेटी नेविसंघले बिभिन्न समयमा उठाउदै आएका मागहरु सरकारले पुरा नगरेको भन्दै सरकारप्रति असन्तुस्टि व्यक्त गरेका थिए ।

अध्यक्ष महरले भने , “यी मागहरु ७२ घण्टा भित्र पूरा नभए सरकारबिरुद्ध कडा संघर्ष गर्न बाध्य हुने छौँ । ” माग पुरा गराउन भन्दै सोमबार बाटै नेविसंघले हस्ताक्षर संकलन अभियान पनि सुरु गरेका छ ।

नेविसंघको मुख्य मागहरु

१. नियमित बिद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य बिमा व्यवस्थाको कार्यन्वयन गर्नुपर्ने ।
२. सर्टिफिकेट धितो राखेर सहुलियत रिणको व्यवस्था गर्नुपर्ने ।
३ .सातवटै प्रदेशमा १—१ वटा मेडिकल कलेज, ईन्जिनियरिङ्ग कलेज र कृषि कलेज स्थापना गर्नुपर्ने ।
४. सबै पालिकाका प्रत्येक वडामा २—२ वटा सरकारी लगानिमा प्रारम्भिक बाल विकास केन्द्र स्थापना गर्नुपर्ने ।
५. देशभरका सबै शैक्षिकसंस्थामा ई—लाईब्रेरीको व्यवस्था गर्नुपर्ने ।
६. जाडोका कारण विभिन्न जिल्लामा फैलन सक्ने महामारीलाई बेलैमा रोकथाम गर्नुपर्ने ।
७ . बम बिष्फोटमा परी घाईते नेविसंघ सदस्य मिरा कटुवाललाई याथासिघ्र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट