३१ भदौ २०७४, काठमाडौं ( नेपालनीति)

गृहमन्त्री जनार्दन    शर्माले सरकारले आबश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाएको  भन्दै असोज २ गते प्रदेश न. २ मा हुने तेस्रो चरणको   स्थानिय तहको  निर्बाचनमा  निर्धक्क भएर मतदानमा सहभागी हुन प्रदेश नम्बर दुईका मतदातालाई आग्रह गरेको छन्।

नेपाल प्रहरी, शसस्त्र  प्रहरी,   नेपाली    सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी गरी चार घेरामा सुरक्षा व्यवस्था मिलाएको छ। त्यसैले निर्धक्क भएर मतदानमा सहभागी भएर मताधिकार प्रयोग गर्न मन्त्री शर्माले आव्हान गरेका छन्।

राजधानिको रिपोटर्स क्लबको एक साक्षत्कार कार्यक्रममा बोल्दै   गृहमन्त्री   जनार्दन  शर्माले   मौन अबधी सुरु भईसकेको र मौन अवधिमा अबलम्बन गर्नुपर्ने सुरक्षा संवेदनशीलता  तर्फ गृह प्रशासन गम्भीर एवं सचेत रहेको पनि बताएका छन्। ‘दुई नम्बर   प्रदेशलाई लिएर संविधान कार्यान्वयन र निर्वाचनका सम्बन्धमा उब्जिएका कयौं प्रश्नको जवाफ अब त्यहाँका मतदाताले मतदान मार्फत दिनेछन्। मन्त्री शर्माले सरकारले आचार संहिता पालना गरेको दाबी गर्दै केही व्यक्तिले उलंघन गरेको पईएको भए त्यो निर्वाचन आयोगको जिम्मेवारी र क्षेत्राधिकार भित्र पर्ने जिकिर गरे ।

 

 

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट